सम्पदा संरक्षण र पर्यटनमैत्री संरचना निर्माणलाई प्राथमिकता दिएका छौँ : मेयर शाह

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सम्पदा संरक्षण र पर्यटनमैत्री संरचना निर्माणलाई प्राथमिकता दिएका छौँ : मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सम्पदा संरक्षण र पर्यटनमैत्री संरचना निर्माणलाई प्राथमिकता दिइएको बताउनु भएको छ ।

काठमाडौं महानगरपालिका- ८ को प्रशासनिक भवन उद्घाटन गर्दै प्रमुख शाहले आफूले धेरै बोल्नेभन्दा पनि काम गर्ने बताउनुभयो । कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिनेभन्दा काममा समय दिनुपर्ने उहाँको भनाइ छ ।

पशुपति क्षेत्र आफैँमा सम्पदा स्थल भएको बताउँदै उहाँले सम्पदामैत्री सडक र घर तथा भवनहरू बनाउनको लागि काठमाडौं महानगरले बजेट समेत व्यवस्था गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले काठमाडौं महानगरका  बस्तीहरूलाई सांस्कृतिक र पुरातात्त्विक तथा पर्यटकीय आकर्षणको केन्द्र बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement