बीपी र विद्याको फोटो राख्दै चिनियाँ राजदूतको शुभकामना

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीपी र विद्याको फोटो राख्दै चिनियाँ राजदूतको शुभकामना

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल र चीन दुई देशले साझा हितको रक्षा गर्दै आएको बताउनु भएको छ ।

राजदूत सोङले चिनियाँ नेता माओत्सेतुङसँग बीपी कोइराला र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी चिनपिङले हात मिलाएको फोटो राख्दै नेपाल-चीन सम्बन्धको ६९ औँ वर्षको अवसरमा शुभकामना दिनु भएको हो ।

सामाजिक सञ्जालमा उहाँले ६९ वर्षदेखि नेपाल र चीनले एक अर्कालाई दृढताका साथ सहयोग गर्दै आएको पनि बताउनु भएको छ । त्यस्तै उहाँले दुई देशको साझा हितका लागि अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायलाई समर्थन गरेको उल्लेख गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement