प्रधानमन्त्रीलाई सुमना श्रेष्ठको प्रश्न-विश्वविद्यालय कार्यकर्ता रिझाउन हो कि विद्यार्थी र असल प्राध्यापकका लागि हो ?

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्रीलाई सुमना श्रेष्ठको प्रश्न-विश्वविद्यालय कार्यकर्ता रिझाउन हो कि विद्यार्थी र असल प्राध्यापकका लागि हो ?

काठमाडौं । सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्विद्यालयको  सार्वजनिक हुन लागेको नीति तथा कार्यक्रम रोकेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै श्रेष्ठले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि हो ? भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभएको हो ।

'प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू, विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो कि विद्यार्थी र असल प्राध्यापकका लागि हो ?,' उहाँले प्रश्न गर्नुभएको छ, '

पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो । विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मिहिनेत गरेर तैयार पारेर अपनत्व समेत लिएको त्यो दस्ताबेज थियो त्यो । रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भैसकेको छ, के चाहिँ चित्त बुझेन छ यहाँलाई ?'

यस्तो हस्तक्षेपले राजनैतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रष्ट पार्ने श्रेष्ठले उल्लेख गर्नुभएको छ । नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के-के हेरफेर हुन्छ त्यो आफूले हिसाब राख्ने समते बताउनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.