संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन गठित कार्यदलको बैठक सिंहदरबारमा जारी

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन गठित कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बिहीबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक सुरु भएको हो ।

बैठकमा टुंगो लाग्न बाँकी विषयमा छलफल गर्ने बताइएको छ । आजको बैठकलाई निर्णायक बैठकका रुपमा लिइएको छ । बैठकमा आज विगतका बैठकमा गरिएका छलफल र सुझावलाई समेटेर प्रतिवेदन तयार गर्ने बताइएको छ । प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएपछि विधेयक टुंग्याइने कार्यदलको भनाइ छ ।

कार्यदलका सदस्य एवं गृहमन्त्री रमेश लेखक, कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, कार्यदलका सदस्य एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, कानुनमन्त्री अजयकुमार चौरसिया, कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदी लगायतको उपस्थिति रहेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.