सुत्केरीको मृत्यु भएपछि बनेपाको शिर मेमोरियल अस्पतालमा तोडफोड

श्रावण १२, २०८१ |पुजन धिताल
सुत्केरीको मृत्यु भएपछि बनेपाको शिर मेमोरियल अस्पतालमा तोडफोड

काभ्रे । काभ्रेको बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि स्थानीयले अस्पतालमा तोडफोड गरेका छन् । शुक्रबार राति एक सुत्केरी महिलाको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरु आक्रोशित भएर अस्पतालमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यलय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेमा बनेपा-३ निवासी ईश्वरी सुन्दाश हुन् । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार साउन ९ गतेका दिन बनेपा नगरपालिका-३ नाला बस्ने बिकाश सुन्दाशकी श्रीमती सुन्दाश सुत्केरी गराउन शिरमेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । सोही दिउँसो ईश्वरीले बच्च पाइसकेपछि रगत जस्तो तरल पदार्थ बग्न नरोकिए पछि अस्पतालमा उहाँको पाठेघरको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया पश्चात ईश्वरीलाई राति ११:५५ बजे डाक्टरले मृत घोषणा गरेका थिए । डाक्टरका लापारवाहीका कारण मृत्यु भएको आफन्तले आरोप लगाउँदै आक्रोशित भइ तोडफोडमा उत्रेपछि तनाब उत्पन्न भएको थियो ।

प्रहरीका अनुसार पीडित आफन्तहरुले इलाका प्रहरी कार्यलय बनेपमा उपचारमा संलग्न डक्टरलाई कारबाहीको माग गर्दै जाहेरी समेत दिएका छन् । अस्पताल प्रशासन र मृतकका आफन्तहरुबीच छलफल चलिरहेको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement