धुलिखेलमा मिनि ट्रिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
धुलिखेलमा मिनि ट्रिप्परले ठक्कर दिँदा एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काभ्रे । काभ्रेको अरनिको राजमार्ग स्थित धुलिखेल नगरपालिका-३ बाँसघारीमा ट्रिप्परले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

गए राति १० बजे धुलिखेल नगरपालिका -३ बाँसघारी स्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको बा.प्र. ०१-००४ क ०१३० नं. को मिनि ट्रिप्परले पैदल यात्री लाल बहादुर तामाङलाई ठक्कर दिएको हो । 

घाइते लालबहादुरको धुलिखेल अस्पताल मृत्यु भएको काभ्रे प्रहरीका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार सवारी साधन मिनि ट्रिप्पर र चालक महाभारत गाउँपालिका-४ बस्ने ३१ वर्षीयको पदम लामा जिल्ला प्रहरी कार्यलयको नियन्त्रणमा रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.