भारतबाट उद्धार गरिएका २८ नेपाली मजदुरलाई परिवारको जिम्मा लगाइयो

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतबाट उद्धार गरिएका २८ नेपाली मजदुरलाई परिवारको जिम्मा लगाइयो

जनकपुर । भारतमा बन्धक बनाएर राखिएका २८ नेपाली मजदुरलाई उद्धार गर्दै परिवारको जिम्मा लगाइएको छ ।

रोजगारी दिने प्रलोभनमा पारेर धनुषाका ७ र सिरहाका २१ गरी २८ नेपालीलाई भारतको कश्मीरबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको हो । भारतका सामाजिक संस्थाको सहयोगमा उद्धार गरि ल्याएकाहरूलाई आज जनकपुरमा संघीय सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहको रोहबरमा परिवारलाई हस्तान्तर गरिएको उद्धारकर्ता नवीनराज जोशीले जानकारी दिनुभयो ।

पारिवारिक पुनर्मिलन कार्यक्रमअन्तर्गत बन्धकमा परेका नेपालीहरूलाई भारत रक्सौल हुँदै हिजो (बिहीबार) जनकपुरमा ल्याइएको थियो । उद्धार गरिएका सबैलाई धनुषा र सिरहाका प्रमुख जिल्ला अधिकरीले घरसम्म पुर्‍याएका छन् । बन्धकमा परेकाहरू १५ वर्षदेखि ५० वर्षसम्म उमेरका छन् ।

यो पनि...

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.