वर्षाले घर भत्किदा ८ जना घाइते, ३ को अवस्था गम्भीर

श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
वर्षाले घर भत्किदा ८ जना घाइते, ३ को अवस्था गम्भीर

जाजरकोट । गए रातिको अविरल वर्षाले जाजरकोटको छेडागाड नगरपालिका- १२ काडागाउँमा घर भत्किदा ८ जना घाइते भएका छन् । 

बिहान १ बजेको समयमा पदम अधिकारीको १ तले कच्ची घर भत्किदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेहरूमा वर्ष ३५ का पदम अधिकारी वर्ष १० का दिनेश अधिकारी वर्ष ३० की सरिता अधिकारी वर्ष १४ का नवीन अधिकारी वर्ष ६५ की भिरकुली अधिकारी वर्ष १५ की सुजता अधिकारी वर्ष १६ की सङ्गीता अधिकारी र वर्ष १४ का नवराज अधिकारी रहेका छन् । 

उनीहरूलाई घर भत्के लगत्तै स्थानीयहरूले उद्धार गरी थप उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयो । 

घाइते मध्य तिन जना सङ्गीता अधिकारी, पदम अधिकारी र दिनेश अधिकारीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement