अपडेट : पहिरोमा पुरिएर रामेछापमा ३ जनाको मृत्यु

श्रावण १०, २०८१ |केदार शिवाकोटी
अपडेट : पहिरोमा पुरिएर रामेछापमा ३ जनाको मृत्यु

दोलखा । रामेछापको गोकुलगंगा गाउँपालिका ६, फर्पुमा पहिरोमा परेर तीनजनाको मृत्यु भएको छ ।

बिहीबार साँझ परेको अविरल वर्षाका कारण आएको पहिरोमा तीन जनाको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।

पहिरोमा परेर मृत्यु हुनेमा १७ वर्षीया सीता तामाङ, १३ वर्षीया लक्ष्मी तामाङ र १५ वर्षीया आशिका तामाङ छन् । पहिरोमा पुरिएका सबैको शव निकालिएको प्रहरीले जनाएको छ । पहिरोले जोखिम बनेका थप चारवटा घरबाट स्थानीय बासिन्दाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।