सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम जारी

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम जारी

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शवको शिक्षण अस्पतालमा महाराजगन्जमा पोस्टमार्टम जारी छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका अनुसार विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक सहभागी छन् । एउटा शवलाई पोस्टमार्टम गर्न कम्तीमा पनि चार घण्टा लाग्ने चिकित्सकले बताएका छन् । 

सबैको पोस्टमार्टम गरेर भोलिसम्ममा परिवार र आफन्तलाई शव जिम्मा लगाउन सकिने पोस्टमार्टममा सहभागी चिकित्सकले बताएका छन् । 

हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना भएको थियो । जसमा १८ जनाको मृत्यु भएको थियो । घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार जारी छ ।

विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झन्डा आधा झुकाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement