विमान दुर्घटनाको छानबिन प्रतिवेदन नआउँदासम्म प्राधिकरणका महाप्रबन्धकलाई निलम्बन गर्न सांसदहरूको माग

प्राधिकरणको क्षेत्राधिकार छुट्याउन सुझाव
श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
विमान दुर्घटनाको छानबिन प्रतिवेदन नआउँदासम्म प्राधिकरणका महाप्रबन्धकलाई निलम्बन गर्न सांसदहरूको माग

काठमाडौं । नेपालको हवाई क्षेत्रको सुरक्षाका लागि तत्काल गम्भीर कदम चाल्नुपर्ने सुझाव सांसदहरूले दिएका छन् ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा सांसदहरूले हिजो भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गरेका छन् ।

सिंहदरबारमा जारी बैठकमा नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले अध्यादेशबाट भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा अलग्याउनुपर्ने सुझाव दिनुभयो । प्राधिकरणमा महानिर्देशक प्रदीप अधिकारीले नेतृत्व सम्हाले यतामात्रै ७ वटा हवाई दुर्घटनामा परिसकेको र उहाँले त्यसको नैतिक जिम्मेवारी लिनुपर्ने सांसद राणाको माग छ ।

यस्तै नेकपा एमालेका सांसद एकनाथ ढकालले  हिजो  दुर्घटना भएको विमानमा अनधिकृत व्यक्तिहरूको प्रवेशबारे अध्ययन गर्नुपर्ने बताउनुभयो । पूर्वपर्यटनमन्त्री सुदन किराँतीले सौर्य एयरलाइन्स दुर्घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement