दशौं दिन पनि त्रिशूलीमा खोजी निरन्तर

श्रावण ६, २०८१ |पोषनाथ अधिकारी|राजु चौधरी
दशौं दिन पनि त्रिशूलीमा खोजी निरन्तर

चितवन । नारायणगढ-मुग्लिन खण्डअन्तर्गत भरतपुर २९, सिमलतालमा गत असार २८ गतेदेखि पहिरोले त्रिशूली नदीमा खसालेको दुईवटा बस र यात्रुको खोजी कार्य आइतबार दशौं दिन पनि जारी रह्यो ।

आइतबारबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासँगै भारतबाट आएको नेसनल डिजास्टर रेस्पोन्स फोर्सको टिमले घटनास्थलदेखि नारायणी नदीको शिवघाटसम्म खोजी कार्य गर्‍यो ।

उच्च प्रविधि र विज्ञसहितको भारतीय टोली खटिँदा पनि बस र हराइरहेका यात्रु भेटिएको छैन । हालसम्म २५ वटा शव फेला परेकामा १८ जनाको सनाखत भएको छ । ५ पुरुष र २ महिलासहित ७ जनाको अझै परिचय खुल्न सकेको छैन । दुर्घटनामा ३ यात्रुले पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए ।

विस्तृत भिडियोमा :


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।

Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।