कान्तिपुर टेलिभिजनबाट तीन विज्ञापन एजेन्सी सम्मानित

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर टेलिभिजनबाट तीन विज्ञापन एजेन्सी सम्मानित

काठमाडौं । कान्तिपुर टेलिभिजनले आफ्नो वार्षिकोत्सवका अवसरमा ३ विज्ञापन एजेन्सीलाई सम्मान गरेको छ । २१औँ वार्षिकोत्सव समारोहमा टेलिभिजनले गत आर्थिक वर्षमा सबैभन्दा धेरै कारोबार गर्ने प्रमुख ३ एजेन्सीलाई सम्मान गरेको हो । 

गत वर्ष सबैभन्दा धेरै कारोबार गर्ने एजेन्सी एडी रिलिज थियो । यस्तै दोस्रोमा आउटरिच नेपाल रह्यो भने, तेस्रो स्थानमा म्याक्स मिडिया रह्यो । 

कान्तिपुर टेलिभिजनले हरेक वर्ष आफ्ना विज्ञापनदाताहरूलाई सम्मान गर्दै आएको छ । कान्तिपुरले यसै वर्ष सुरु गरेको कान्तिपुर म्याक्समा समेत गरेको विज्ञापन कारोबारका आधारमा यी एजेन्सीहरुलाई सम्मान गरेको हो ।

वार्षिकोत्सव समारोहमा टेलिभिजनका विभिन्न विभागमा कार्यरत ९ जनालाई पुरस्कृत गरिएको थियो । समाचार विभागबाट सुदील पोखरेल, रजनी तामाङ र सिन्धुपाल्चोक संवाददाता कमला पाख्रिन पुरस्कृत हुनुभयो ।

त्यसैगरी, मार्केटिङबाट विवश महर्जन, स्टुडियोबाट शिशिर सुवेदी र इन्जिनियरिङबाट कुमार घले पुरस्कृत हुनुभएको छ ।

यस्तै, चालकबाट रामकाजी अधिकारी, सेक्युरिटीबाट केशव बस्नेत र सरसफाइबाट गीता स्माइली पुरस्कृत हुनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.