धादिङबेसीँमा कारमा शंकास्पद वस्तु भेटिएपछि बजारक्षेत्र 'सिल' गरियो

असार १९, २०८१ |पोषनाथ अधिकारी
धादिङबेसीँमा कारमा शंकास्पद वस्तु भेटिएपछि बजारक्षेत्र 'सिल' गरियो

धादिङ । धादिङको सदरमुकाम धादिङबेशीको बीच बजारमा पार्किङ गरिराखेको कारभित्र शंकास्पद वस्तु फेला परेपछि बजार क्षेत्रमा आवागमन रोकिएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका–३ बीच बजारमा पार्किङ गरिराखेको बा१६च ९१७२ नम्बरको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको गाडीमा अपरिचित व्यक्तिले शंकास्पद वस्तु राखेको प्रहरीले जनाएको छ ।

आज दिउँसो ३ बजेतिर उक्त कारभित्र अपरिचित व्यक्तिले सुटकेश राखेर हिँडेको प्रत्यक्षदर्शी हरि श्रेष्ठले जनाउनु भएको छ ।

सिसिटिभी फुटेजमा उक्त व्यक्तिले धेरैबेर कार वरपर ओहोरदोहोर गरेर सुटकेश कारमा हालेको देखिएको धादिङका डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भयो । अहिले नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल आइपुगेको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।