बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने काभ्रेको युनिटी सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

असार १७, २०८१ |पुजन धिताल
बचतकर्ताको करिब ३ करोड अपचलन गर्ने काभ्रेको युनिटी सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

काभ्रे । बनेपा नगरपालिका ८, बाँख्योटोलमा सञ्चालित युनिटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

बचतकर्ताको करिब तीन करोड रुपैयाँ अपचलन गरेको आरोपमा संस्थाका अध्यक्ष कृष्णलाल शुद्दकार र कोषाध्यक्ष नीरज राजवंशी पक्राउ परेका हुन् ।

बचतकर्ताहरुलाई बचतको सुरक्षा हुन्छ भनेर विश्वासमा पारी रकम लिएको र फिर्ता माग्न जाँदा नदिएको पीडितहरुको गुनासो छ । काभ्रे प्रहरीका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार सहकारीको रकम अपचलनसम्बन्धी पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको छ ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।