परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारमा भएको शिष्टाचार भेटमा दुई पक्षीय हित र सहयोगबारे छलफल भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले नेपालको विकासका क्षेत्रमा चीनले गरिरहेको सहयोगलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 

दुई पक्षबीच नेपालसँगका विभिन्न सीमा नाकाहरु सहज रुपमा सञ्चालन गर्नेबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement