मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स निर्माणका लागि एडीबीले २ अर्ब अनुदान दिने

असार ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स निर्माणका लागि एडीबीले २ अर्ब अनुदान दिने

काठमाडौं । एसियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स निर्माणका लागि २ अर्ब अनुदान दिने भएको छ ।

२०७८ सालको बाढी-पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा ठूलो क्षति पुर्‍याएकाले निर्माणका लागि एडीबीले २ अर्ब रुपैयाँभन्दा बढी अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाले हेडवर्क्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटरमाथि हेडवर्क्स बनाउने तयारी भइरहेको बेला एडिबीले अनुदान दिएको हो ।

आयोजनाले दुई वर्ष अघिदेखि नै हेडवर्क्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसँगै आयोजनाले हेडवर्क्स सार्नका लागि परामर्शदाता छनोट प्रक्रिया अघि बढाएको छ । आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ ।

यसका लागि झन्डै साढे ३ अर्ब लाग्ने अनुमान छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement