काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीको प्रदर्शन [फोटो फिचर]

असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायीको प्रदर्शन [फोटो फिचर]

काठमाडौं । काठमाडौं महानगरविरुद्ध कबाड व्यवसायी संघर्ष समितिले आज दोस्रो दिन पनि प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिकाले रिङरोडभित्रबाट कबाड हटाउने निर्णय गरेपछि व्यवसायीहरुले हिजो (आइतबार) देखि प्रदर्शन गरिरहेका छन् ।

कबाड व्यवसायीले आज पनि माइतघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् । उनीहरुले कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता नारा अंकित प्लेकार्ड पनि प्रदर्शन गरेका छन् ।

रिङरोडभित्रका कबाड हटाउने काठमाडौं महानगरपालिकाको निर्णय नसच्याएसम्म प्रदर्शन जारी राख्ने संघर्ष समितिले जनाएको छ ।

महानगरले यसअघि कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर व्यवासयीले नमानेपछि महानगरले डोजरसमेत चलाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.