चितवनमा खोलाले बगाउँदा एक जना बेपत्ता

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
चितवनमा खोलाले बगाउँदा एक जना बेपत्ता

चितवन । चितवनको माडीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । आज दिउँसो १:२० बजेको समयमा माडी नगरपालिका-५ छरछरे स्थित मगई खोलाले बगाउँदा स्थानीय ४५ वर्षका रण बहादुर कामी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले बेपत्ताको खोजी तथा अनुसन्धान गरिरहेको छ । अहिले पानी परिरहेको र खोलाहरु बढेको कारण भरतपुरबाट माडी ठोरीतर्फ जाने सवारी साधनहरु बाटोमै रोकिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement