नेतृत्वको कार्यशैली, मनोवृत्ति र प्रवृत्तिका कारण पार्टी विभाजन भयो : अशोक राई

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेतृत्वको कार्यशैली, मनोवृत्ति र प्रवृत्तिका कारण पार्टी विभाजन भयो : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले नेतृत्वको कार्यशैली, मनोवृत्ति र प्रवृत्तिका कारण पार्टी विभाजन गर्नुपरेको बताउनुभएको छ । उहाँले विभाजनमा साथ दिएका सबै केन्द्रीय सदस्यको साझा निष्कर्ष नै उपेन्द्र यादवको एकलौटी कार्यशैली भएकै दाबी गर्नुभयो ।

काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राईले जसपा नेपालमा अध्यक्ष उपेन्द्र यादवले कहिले पनि दस्ताबेजहरुमा सैद्धान्तिक बहस नगरेको बरु उल्टै नीति र दस्ताबेजविरुद्ध अघि बढेको आरोप लगाउनुभएको छ ।

उहाँले प्रतिवेदनमै अघिल्लो संघीय निर्वाचनमा उपेन्द्र यादवले आफ्नै नेता हराउन लागेको, आफ्नो जित सुनिश्चित गर्न प्रतिस्पर्धी पार्टीसँग साँठगाँठ गरेको आरोप पनि लगाउनुभएको छ ।

अध्यक्ष राईले पार्टी विभाजनविरुद्ध परेको रिटमा भने अदालतले ढिलो चाँडो आफ्नो पक्षमा निर्णय लिने विश्वास व्यक्त गर्नुभयो । जसपा केन्द्रीय कमिटीको बैठक भोलि (बिहीबार) सम्म चल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement