राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमाले नेताहरुको आग्रह

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमाले नेताहरुको आग्रह
काठमाडौं । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न नेकपा एमाले काठमाडौंका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन् । गृहमन्त्री रवि लामिछानेलाई आज भेटेर एमाले काठमाडौं जिल्ला कमिटीका नेताहरुले काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न आग्रह गरेका हुन् ।

सरकारले काठमाडौं लगायतका २८ जिल्लामा आगामी साउन १ गतेदेखि सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउनुपर्ने समय सीमा तोकेको छ । समय थपका लागि गृहमन्त्रीलाई आग्रह गरिएको एमाले नेताहरुले बताए ।

राष्ट्रिय परिचयपत्र सहज रुपमा जनताले पाउनुपर्ने भन्दै गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्नुपर्ने पनि एमाले नेताहरुले बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement