सक्रिय बन्यो मनसुन, सतर्कता अपनाउन महाशाखाको आग्रह

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सक्रिय बन्यो मनसुन, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

केही दिनसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा भारी वर्षा र चट्याङको जोखिम रहेको मौसमविद् प्रतिभा मानन्धरले जनाउनुभयो ।

पहाडी क्षेत्रमा पहिरो र समथर स्थानमा बाढी र डुबानको जोखिम हुने भन्दै महाशाखाले घरबाट बाहिर निस्कँदा वा बाहिर हुँदा सावधानी अपनाउन पनि महाशाखाले सुझाव दिएको छ ।

पश्चिमी क्षेत्रमा पनि मनसुन केही दिनभित्रै फैलने पूर्वानुमान छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement