कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

आज साँझ बसेको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको हो । प्रधान हाल नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुनुहुन्छ । संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइपछि मात्रै नियुक्ति हुनेछ ।

अन्य रिक्त रहेका संवैधानिक पदमा सिफारिसबारे भने बैठकमा छलफल नभएको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.