पूर्वतयारी कमजोर हुँदा पूर्वी पहाडमा मनसुनको सुरुमै क्षति (स्थलगत रिपोर्ट)

बाढीपीडित एक वर्षदेखि पुनर्स्थापनाको पर्खाइमा
असार २, २०८१ |लक्ष्मी गौतम
पूर्वतयारी कमजोर हुँदा पूर्वी पहाडमा मनसुनको सुरुमै क्षति (स्थलगत रिपोर्ट)

पाँचथर । मनसुन सुरु हुनासाथ पूर्वी पहाडमा बाढी पहिरोले क्षति पुर्‍याइसकेको छ । पूर्वी पहाडमै ठिक एक वर्षअघि बाढीले वितण्डा मच्चाएको थियो । असार २ गते राति आएको बाढीबाट पाँचथर र ताप्लेजुङमा १२ जनाको ज्यान गएको थियो । पाँचथरमा मात्रै १७ वटा पुल र तीन सयभन्दा बढी घर भत्केका थिए । 

यस्तै करोडौँ रुपैयाँको अन्नपात र सयौँ मुरी फल्ने खेतीयोग्य जमिन बगाएको थियो । संखुवासभामा १९ जनालाई बाढीले बगायो । यति ठूलो विपत्तिको एक वर्ष बित्दा प्रभावित क्षेत्रमा राज्यको उपस्थिति कस्तो रह्यो अनि पीडितको अवस्था के छ ? साथै मनसुन सुरु भएसँगै यो वर्ष हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारी तयारी कस्तो छ ? प्रस्तुत छ- स्थलगत रिपोर्ट ।

विस्तृत भिडियोमा :


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement