अरुण तेस्रो जलविद्युत आयोजनाका १ जना कामदारको पहिरोले पुरिएर मृत्यु

जेष्ठ ३०, २०८१ |दीपेन्द्र शाक्य
अरुण तेस्रो जलविद्युत आयोजनाका १ जना कामदारको पहिरोले पुरिएर मृत्यु

सङ्खुवासभा । पहिराेले पुरिएर संखुवासभाकाे चिचिला गाउँपालिका ३ साेलाखानीमा अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्ने कामदारकाे मृत्यु भएकाे छ । पहिरोमा परी दुई जना घाइते भएका छन् । कामदार बर्दिया घोराभिट्टाका गंगाराम थारुको पहिरोमा परी पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार राति आएको अविरल वर्षाका कारण गंगाराम सहित कामदारहरु सुतिरहेको स्थानमा पहिरो खसेको थियो । कामदारका लागि निर्माण भएका १४ वटा कोठामध्ये ३ वटा कोठा पहिरोले बगाएको छ । पहिराेले मकवानपुरका उमेश कार्की र गाेविन्द थारू घाइते भएका छन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।