टुँडिखेलमा साकेला उभौलीको रौनक (१६ तस्बिर)

जेष्ठ २६, २०८१ |श्याम श्रेष्ठ
टुँडिखेलमा साकेला उभौलीको रौनक (१६ तस्बिर)

काठमाडौं । पूर्वी पहाडका विभिन्न ठाउँबाट राजधानीमा बसोबास गर्दै आएका किरात राई समुदायले शनिबार साकेला उभौली टुँडिखेलमा मनाएका छन् ।

काठमाडौंमा उपत्यकाका तीन जिल्लामा बसोबास गर्दै आएका किरात राई समुदायका राई, सुनुवार, लिम्बू र याख्खा जातिले टुँडिखेलमा सामूहिक रुपमा उभौली पर्व मनाएका हुन् ।

प्रकृतिको पुजारी किरात राई समुदायले भूमि र अन्नको पूजा गरी वर्षमा दुईपटक वैशाखे पूर्णिमा र मंसिरको पूर्णिमा यो वर्ष मनाउने गर्छन् । आफ्नो थातथलो छोडेर काठमाडौं उपत्यकामा बसोबास गर्ने किरात राईहरुले आफ्नो परम्परा संस्कृति बचाउन भन्दै टुँडिखेलमा भेला भई सामूहिक रुपमा साकेला मनाउने गर्छन् ।

किरात मौलिक बाजा ढोल र झ्याम्टाका साथ प्रकृतिमा रहेका विभिन्न चरा-चुरुंगीहरुको नक्कल गर्दै साकेला सिली र गीतमा हात र खुट्टाले भाका हाल्दै यो पर्वमा आपसमा खुसीयाली साट्दै मनाउने गरिन्छ । वैशाखे पूर्णिमामा अन्नबाली लगाउने सिजन सुरु हुने भएकाले बाली सप्रियोस् भन्दै पूजा गरी यो पर्व मनाइन्छ । प्रकृतिको पूजा गरे बाली सप्रने किरात राई समुदायको धार्मिक विश्वास रही आएको छ ।

मंसिर पूर्णिमामा भने अनाज थन्काउने बेला भएसँगै घुन तथा नष्ट नहोस् भन्दै पितृलाई चढाएर मनाइन्छ । यसका साथै पर्वका अवसरमा परिवारसँग भेटघाट गरी सुःख, शान्ति र समृद्धिको कामना पनि गरिन्छ ।


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement