काभ्रेको तेमालमा रड प्रहार गरी एक महिलाको हत्या

जेष्ठ २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेको तेमालमा रड प्रहार गरी एक महिलाको हत्या
प्रतीकात्मक तस्बिर

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका २ मा रड प्रहार गरेर एक महिलाको हत्या भएको छ ।

प्रहरीका अनुसार आज (बिहीबार) दिउँसो तेमाल गाउँपालिका २, लामागाउँस्थित काफलबोटकी ५८ वर्षीया साइँली तामाङलाई स्थानीय मानध्वज तामाङले रड प्रहार गरी हत्या गरेका हुन् ।

रड प्रहार गर्ने ५६ वर्षीय मानध्वज तामाङलाई प्रहरीले हिरासतमा लिएको वडाध्यक्ष देवराज तामाङले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.