राजपरिवारको सम्झनामा नारायणहिटी दरबारअगाडि दीप प्रज्ज्वलन (फोटो फिचर)

जेष्ठ १९, २०८१ |सुरज खड्का
राजपरिवारको सम्झनामा नारायणहिटी दरबारअगाडि दीप प्रज्ज्वलन (फोटो फिचर)

काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उहाँका परिवारका सदस्यहरुको सम्झनामा आज नारायणहिटी दरबारअगाडि दीप प्रज्ज्वलन गरिएको छ ।

नारायणहिटी संग्रहालयअगाडि जम्मा भएर तत्कालीन राजपरिवारका सदस्यहरुले दीप प्रज्ज्वलन गरेका हुन् । २०५८ जेठ १९ गते राति नारायणहिटी राजदरबारमा भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित उहाँको परिवारका सबै सदस्यको निधन भएको थियो ।

दरबार हत्याकाण्ड छानबिन गर्न गठित समितिले तत्कालीन युवराज दीपेन्द्रले उक्त घटना गराएको प्रतिवेदन दिए पनि कतिपयले भने त्यसमा आशंका व्यक्त गरेका छन् ।

हेरौं थप तस्बिर :


Image

सुरज खड्का

खड्का कान्तिपुर टीभीका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement