सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ यात्रु घाइते

जेष्ठ ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ यात्रु घाइते

सुर्खेत । सुर्खेतको कटकुवामा मिनी बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा दैलेखको डुंगेश्वर गाउँपालिका ६ का भीमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका ६ का ७० वर्षीय शेरबहादुर खड्का छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

घाइतेहरूको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत र कर्णाली केयरमा उपचार भइरहेको छ । दैलेखको दुल्लु नगरपालिकाको भुकाँहदेखि सुर्खेतको वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश-०२-००१-ख-०८५२ नम्बरको मिनी बस सोमबार दिउँसो १ बजेतिर वीरेन्द्रनगर ६, कटकुवानजिक दुर्घटना भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.