पाैडी खेल्न गएका दुई दाजुभाइकाे मृत्यु

जेष्ठ २, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाैडी खेल्न गएका दुई दाजुभाइकाे मृत्यु
प्रतीकात्मक तस्बिर

दाङ । पश्चिम दाङमा बबई नदीमा डुबेर दुई दाजुभाइको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदालेस्थित बबई नदी घाटमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय दिपेश परियार र १८ वर्षीय दीपक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार भारतबाट फूपूको घर आएका उनीहरुको हिजो बेलुका पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । पाैडी खेल्ने क्रममा घाइते अवस्थामा फेला परेका दीपकको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो भने दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार रोजगारीको सिलसिलामा भारत बस्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.