भारतको कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

जेष्ठ १, २०८१ |राजेश मिश्र
भारतको कश्मीरमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार

नयाँदिल्ली । नेपालबाट मजदुरीका लागि भारतको कश्मीर पुर्‍याएर बन्धक बनाइएका ३५ नेपालीको उद्धार गरिएको छ ।

सर्लाही, महोत्तरी, धनुषाका नेपाली मजदुरहरूलाई दैनिक ११ सय (नेपाली रुपैयाँ) ज्याला पाउने गरी ठेकेदारले जम्मु पुर्‍याएका थिए । तर, उनीहरूलाई कश्मीरको श्रीनगर बडगांग पुर्‍याइयो ।

त्यहाँ भारतीय ठेकेदारले नेपाली मजदुरहरूलाई श्रमशोषण र यातना दिएर काममा लगाइरहेका थिए । पीडित मजदुरहरूका अनुसार उनीहरूलाई पुग्ने गरी खाना पनि दिइएको थिएन । कुटपिट र अमानवीय व्यवहार दिनचर्या बनेको थियो । तीन महिनादेखि पारिश्रमिक नदिएको, थुनेर राख्ने, कडा निगरानीमा काममा लगाउनेजस्ता व्यवहार गरिँदै थियो । सबैको मोबाइलसमेत खोसिएको धनुषाका पीडित मजदुर रञ्जित चौधरीले बताउनुभयो ।

सामाजिक कार्यमा संलग्न सर्लाहीका सरोज रायसमक्ष यो सूचना पुगेपछि उहाँले उद्धारको पहल गरेका थिए । दिल्लीस्थित नेपाली दूतावास र किन इन्डिया संस्थाको समन्वयमा कश्मीरबाट मजदुरहरूको उद्धार गरी दिल्ली ल्याइएको किन इन्डियाका प्रमुख नवीन जोशीले जनाउनुभयो ।

उद्धार गरिएकामा सबैभन्दा बढी महोत्तरी जिल्लाका २३ जना छन् । ६ जना नाबालिग छन् ।


Image

राजेश मिश्र

मिश्र कान्तिपुर टीभीका दिल्ली संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement