डडेल्धुराका बाढीपीडित १० वर्षसम्म पनि त्रिपालमुनि

वैशाख २०, २०८१ |वरुण पनेरू
डडेल्धुराका बाढीपीडित १० वर्षसम्म पनि त्रिपालमुनि

डडेलधुरा । डडेल्धुरामा बाढी पहिरोबाट विस्थापित परिवारलाई पुर्नस्थापना गर्ने भन्दै योजना बनाएको दश वर्ष पूरा हुन थालेको छ । जिल्ला विपद् व्यवस्थापन समितिले रहेक वर्ष बाढी पहिरोबाट विस्थापित भएका परिवारलाई सुरक्षित स्थानमा सार्ने योजना बनाए पनि अहिलेसम्म एउटा परिवारलाई सुरक्षित स्थानान्तरण गरिएको छैन । २०७२ साल यता ३० बस्तीका १ सय ५० भन्दा बढी परिवार विस्थापित भएकोमा अधिकांश खोलाको बगर र सामुदायिक वनमा बस्न बाध्य छन् ।

डडेलधुरा आलिताल-७ बलौचागााकी ६० वर्षीय परुली बोहोरा गाउँ नजिकैको सामुदायिक वनमा त्रिपाल टाँगेर बस्न थालेको तीन वर्ष भयो । पहिरोले घर विहीन भएको उहाँको परिवार सामुदायिक वनको जंगलमा टेन्ट हालेर बसेको छ । शीर्ष खोलाबाट आएको बाढीले विस्थापित २४ परिवार १० वर्षदेखि सामुदायिक वनमै बस्दै आएका छन् । जिल्लाविपद् व्यवस्थापन समितिले सुरक्षित ठाउँमा सार्ने योजना बनाएको एक दशक पूरा हुन थाले पनि काम भने केही पनि भएको छैन ।

२०७२ सालयता सबै परिवारलाई पुर्नस्थापना गर्ने योजना बनाएको समितिले कुनै एक परिवारलाई सुरक्षित ठाउामा पुर्नस्थापना गर्न सकेको छैन । २०७२ साल यता ३० बस्तीका १ सय ५० भन्दा बढी परिवार बाढी पहिरोबाट विस्थापित भएका छन् ।

स्थानीय तहले पुर्नस्थापना र स्थानान्तरणमा आर्थिक भार पर्ने भन्दै प्रदेश र संघ गुहारिरहेका छन् । योजना बनाउने तर कार्यान्वन नहुने गर्दा विस्थापित परिवारको जीविकोपार्जन मै समस्या हुन थालेको छ । 


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।