लगानी सम्मेलन लक्षित विभिन्न कानुन अध्यादेशमार्फत संशोधन गर्न मन्त्रिपरिषद्को सिफारिस

अर्थ सचिवको जिम्मेवारी मधु मरासिनीलाई
कतारी राजाको भ्रमणमा भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
लगानी सम्मेलन लक्षित विभिन्न कानुन अध्यादेशमार्फत संशोधन गर्न मन्त्रिपरिषद्को सिफारिस

काठमाडौं । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको छ । 

आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिज्युसमक्ष पेस गर्ने,’ उहाँले भन्नु भयो, ‘राष्ट्रपतिसमक्ष यो अध्यादेश पेस भइसकेपछि यो जारी हुनेछ ।’

विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवर्द्धन प्रबलीकरण, पुनःस्थापना तथा पुनः निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने निर्णय भएको उनी उहाँले जानकार दिनुभयो । 

यस्तै कतारका राजा शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा वैशाख १० गते सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ भने अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.