अछाममा आगलागीमा परी दिदीभाइको मृत्यु

वैशाख ३, २०८१ |खम्म खत्री
अछाममा आगलागीमा परी दिदीभाइको मृत्यु

अछाम । अछाममा आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका-६ मा रहेको गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

आगलागीमा परी स्थानीय दीपक बोहोराकी ८ वर्षीया छोरी भावना बोहोरा र रमेश बोहराको ५ वर्षीय छोरा गोपाल बोहोराको मृत्यु भएको मेल्लेख प्रहरी चौकी प्रमुख नरेन्द्र खड्काले जानकारी दिए ।

सोमबार बिहान जस्तापाताले छाएको छाना भित्र राखेको परालमा उनीहरुले बोकेको लाइटर चलाउँदा आगलागी भएको स्थानीयको भनाइ छ । छानोमाथिबाट धुँवा देखिएपछि स्थानीयले थाहा पाएका थिए । आगो निभाउने क्रममा मृतक गोपालका बुवा रमेश घाइते भएका छन् । मृतक भावनाका आमाबुवा कामको सिलसिलामा भारतमा छन् । घटनाबारे अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।