रङमा झुमे युवादेखि बालबालिका (११ तस्बिर)

चैत्र ११, २०८० |श्याम श्रेष्ठ
रङमा झुमे युवादेखि बालबालिका (११ तस्बिर)

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन आज बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले हर्सोल्लासका साथ होली (फागु) पर्व मनाएका छन् ।

रङहरूको पर्व होली काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आपसी सद्भाव, उत्साह र हर्सोल्लासका साथ मनाइएको छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रुपमा यो पर्व मनाउने गरिन्छ ।

होलीको अवसरमा राजधानीलगायत मुख्य सहरमा विभिन्न कार्यक्रम आयोजना गरिए । पहाडी जिल्लामा आज मनाइएको होली पर्व तराईका जिल्लामा भने भोलि मनाइन्छ ।

काठमाडौंका विभिन्न स्थानमा बालबालिका, युवा, ज्येष्ठ नागरिक भेला भई आपसमा रङ-अबिर दलेर होली मनाएका छन् ।

हेरौं थप तस्बिर :


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।