काठमाडौं । रुसको राजधानी मस्कोको एक कन्सर्ट स्थलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ । रुसी गुप्तचर निकायकाअनुसार क्रोकस सिटी हलमा एक सय भन्दा बढी घाइते भएका छन्। यस विषयमा रुसले कुनै औपचारिक टिप्पणी गरेको छैन।
रुसी सञ्चारमाध्यमले घटनास्थलमा दोस्रो विस्फोट भएको र केही बन्दुकधारीले भवनको केही स्थानमा आफूलाई सुरक्षाका लागि ब्यारिकेड गरेको जनाएका छन्। कम्प्लेक्सको छतमा ठूलो आगो लागेको छ र रुसको राष्ट्रिय गार्डले बन्दुकधारीहरूको खोजी गरिरहेको छ।
ह्वाइट हाउसले स्थितिको बारेमा थप जानकारी लिने काम भइरहेको बताएको छ। युक्रेनले आक्रमणमा कुनै पनि संलग्नता नरहेको जनाएको छ। घटनाको इस्लामिक स्टेटले जिम्मा लिएको छ ।