कपिलवस्तु । बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार २५० जना श्रामणेर अर्थात् अल्पकालीन भिक्षुले धम्मयात्रा सुरु गरेका छन् ।
मायादेवी मन्दिरबाट सुरु भएको यात्रा भैरहवामा र नवलपरासीको रामग्राम हुँदै सोमबार कपिलवस्तुको तिलौराकोट पुगेर सकिनेछ । अखिल नेपाल भिक्षु महासंघको समन्वयमा फागुन १६ गतेदेखि प्रव्रज्या अल्पकालीन भिक्षु बनाउने कार्यक्रम गरिएको हो ।
यसरी श्रामणेर बनेका व्यक्तिले शील पालना, ध्यानका साथै बुद्ध शिक्षासम्बन्धी कक्षा लिएका थिए । प्रवज्जित भएर श्रामणेर बनेकालाई भिक्षाटनको महत्त्व बुझाउन १० किलोमिटर धम्म यात्रा गराइनेछ । फागुन १६ गतेदेखि सुरु भएको प्रवज्या चैत ८ गते सकिनेछ ।
