पाशुपत परिसरमा जो भक्तजनको सेवामा जुटे...

फाल्गुन २५, २०८० |श्याम श्रेष्ठ
पाशुपत परिसरमा जो भक्तजनको सेवामा जुटे...

काठमाडौं । महाशिवरात्रि पर्वमा आफ्नो मनोकामना पूरा होस् भनेर लाखौँ हिन्दु भक्तजनले भगवान् शिवसँग वर मागे । तर त्यहाँ वर लिन जानेहरू मात्रै थिएनन्, सेवाभावले दिनेहरू पनि प्रशस्तै थिए । स्वयंसेवकदेखि उपचार गर्ने स्वास्थ्यकर्मी र भक्तजनलाई भोजन गराउनेहरूलाई समेत पाशुपत परिसरमा भ्याइनभ्याइ देखियो । 

महाशिवरात्रिमा पशुपतिनाथको पूजा आराधना गर्न पाशुपत क्षेत्रमा जानेहरूलाई भोजन गराउन दर्जनौँ संस्था तथा व्यक्ति सक्रिय रहे । घण्टौँ लाइन बसेर पशुपतिको दर्शन गरी फर्कनेलाई पानी, चिया बिस्कुट, खाना खुवाउनेहरूले सेवालाई नै धर्म ठाने । 

पोद्धार समाज कल्याण नेपालले करिब २० हजार जनालाई खाना खुवाएको अनुमान गरेको छ । यस्तै दर्शनार्थीलाई स्वास्थ्य उपचारमा सघाउने स्वदेशी र विदेशीलेसमेत दिनभर पशुपति क्षेत्रमा शिविर नै चलाए । उनीहरूले निःशुल्क स्वास्थ्य जाँच गरेर औषधिसमेत वितरण गरे ।

निःशुल्क रूपमा खानेबस्ने व्यवस्था गरिएको दुईवटा टेण्टमा मात्रै शिवरात्रि मनाउन छिमेकी भारतबाट आएका करिब तीन हजार दर्शनार्थीलाई व्यवस्थापन गरिएको थियो । निःशुल्क बास पाउँदा उनीहरू खुसी देखिन्थे । 

स्वयंसेवीलाई पूजा गर्न जानेहरूको लाइन मिलाउन भने निकै सकस देखियो । 


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement