मनाइँदै ११४औं अन्तर्राष्ट्रिय महिला दिवस

फाल्गुन २५, २०८० |कान्तिपुर टीभी संवाददाता
मनाइँदै ११४औं अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालसहित विश्वभर नारी अधिकार, नारी शक्तिको सम्मान तथा सम्मानजनक अवसरका पक्षमा छलफल र बहस तथा विभिन्न कार्यक्रम गर्दै आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइन लागिएको छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर ८ मार्चमा महिला दिवस मनाउने गरिन्छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैंगिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ ।

आज ११४औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिँदै छ । यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ दिइएको छ ।

-स्केच : कृष्णगोपाल श्रेष्ठ/कान्तिपुर


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.