नगर प्रहरीको दुर्व्यवहारविरुद्ध व्यवसायीको प्रदर्शन (फोटो फिचर)

फाल्गुन १८, २०८० |श्याम श्रेष्ठ
नगर प्रहरीको दुर्व्यवहारविरुद्ध व्यवसायीको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरीले बुधबार राति गरेको दुर्व्यवहारविरुद्ध फुटपाथ व्यापारीले आज प्रदर्शन गरेका छन् । महानगर प्रहरीले सडक व्यापारीलाई गरेको दुर्व्यवहारप्रति सांसदहरुले पनि आपत्ति जनाएका छन् ।

फुटपाथ व्यापारीहरुले काठमाडौंको सुन्धारामा धर्ना दिँदै काठमाडौं महानगरपालिकाले गरेको ज्यादतिको विरोध गरेका हुन् । महानगर प्रहरी बलले दु:ख दिने नियतले पूर्वतयारीसहित निर्ममतापूर्वक कुटपिट गरेको सडक व्यापारी अर्जुन भट्टराईले आरोप लगाए ।

यसैबीच प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले महानगर प्रहरीले गरेको व्यवहार गैरकानुनी भएको बताए । उनीहरुले बेरोजगारी समस्या समाधान गर्नुपर्ने स्थानीय सरकार दमनमा उत्रिन नमिल्ने बताए ।

सुन्धारा क्षेत्रमा व्यापार व्यवसाय गर्नेहरूमाथि बुधबार काठमाडौं महानगरपालिकाको नगर प्रहरीले कुटपिट गरेको थियो । त्यसक्रममा केही व्यापारी घाइते भएका थिए ।


Image

श्याम श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका वरिष्ठ क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement