अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गर्न जिल्ला प्रशासनको निर्देशन

फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
अतिक्रमण गरिएका सार्वजनिक जग्गा खाली गर्न जिल्ला प्रशासनको निर्देशन

धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले अतिक्रमणमा परेका सरकारी र सार्वजनिक जग्गा खाली गर्न निर्देशन दिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले सरकारी, गुठी संस्थान लगायतका सार्वजनिक जग्गा अतिक्रमण गरी भोगचलन गर्दै आएकाहरुलाई जग्गा खाली गर्न निर्देशन जारी गरिएको बताएका छन् ।

सार्वजनिक जग्गाको दुरुपयोग र बिक्री-वितरण गर्ने, धितो बन्धक राख्नेलगायत पाइएमा कानुनबमोजिम कारबाही गरिने जारी सूचनामा उल्लेख छ । जिल्लामा रहेका सरकारी, ऐलानी, पर्ती, मठ-मन्दिरलगायत सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा ल्याएका व्यक्तिबारे १० दिनभित्र जानकारी गराउनसमेत जिल्ला प्रशासनले आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.