तस्बिरमा भैंसीसहित दुग्ध किसानको प्रदर्शन

फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
तस्बिरमा भैंसीसहित दुग्ध किसानको प्रदर्शन

मकवानपुर । दूधको भुक्तानी माग गर्दै देशैभरका दुग्ध उत्पादक किसानले केही दिनदेखि आन्दोलन गरिरहेका छन् । आज मकवानपुर र भक्तपुरका दुग्ध किसान प्रदर्शनमा उत्रिएका छन् ।

मकवानपुरका किसानहरुले ५० करोड रुपैयाँ भुक्तानी नपाएकाले आन्दोलनमा उत्रिनु परेको बताएका छन् । उनीहरुले आज मुख्य राजमार्गमा शान्तिपूर्वक पैदलयात्रा गरेर भुक्तानी माग गरेका छन् ।

यता, भक्तपुरका किसानले आजै जगाती चोकमा भैंसीसहित प्रदर्शन गरेका छन् ।

दूधको अनुदान कायम गर्नुपर्ने, किसानको बाँकी रकम भुक्तानी पाउनुपर्ने तथा मिल्क होली डे अन्त्य हुनुपर्ने उनीहरुको माग छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.