थानकोटबाट सिंहदरबारतर्फ बढे मिटरब्याजपीडित (तस्बिरहरू)

फाल्गुन ११, २०८० |मुरारी घिमिरे
थानकोटबाट सिंहदरबारतर्फ बढे मिटरब्याजपीडित (तस्बिरहरू)

काठमाडौं । २३ दिनको पैदलयात्रापछि काठमाडौं आएका मिटरब्याजपीडित आज थानकोटबाट सिंहदरबारतर्फ अघि बढेका छन् । उच्चस्तरीय आयोग बनाएर मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न उनीहरुको माग छ ।

मिटरब्याजपीडित आजै सिंहदबार पुगेर सरकारलाई दबाब दिने तयारीमा छन् । बुधबार थानकोट आइपुगेका उनीहरु हिजै सिंहदरबार जाने तयारीमा थिए । तर पानी परेपछि रोकिएका थिए । आज बिहानै मिटरब्याजपीडितहरु मार्च पाससहित थानकोटस्थित त्रिभुवन पार्कबाट हिँडेका हुन् ।

सरकारले न्याय नदिएसम्म भृकुटीमण्डपमा धर्ना दिएर बस्ने पीडितहरुको योजना छ । संघीय राजधानी काठमाडौं आएर आफ्नो आवाज सुनाउने योजनासहित मिटरब्याजपीडितले माघ १६ गते झापा र कञ्चनपुरबाट एकैसाथ न्यायमार्च सुरु गरेका थिए ।


Image

मुरारी घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।