यातायात कार्यालय रुपन्देहीका पूर्वप्रमुख पाण्डेको नामबाट ‘नक्कली लाइसेन्स’

मेरो सरकारी युजरबाट बिचौलिया र केही कर्मचारीले नक्कली लाइसेन्स बनाए : पाण्डे
फाल्गुन ४, २०८० |कान्तिपुर टीभी संवाददाता
यातायात कार्यालय रुपन्देहीका पूर्वप्रमुख पाण्डेको नामबाट ‘नक्कली लाइसेन्स’

काठमाडौं । यातायात व्यवस्था कार्यालय रुपन्देहीका पूर्वप्रमुख महेश पाण्डेको नाममा एक हजारभन्दा बढी नक्कली चालक अनुमतिपत्र (लाइसेन्स) जारी भएको पाइएको छ ।

पाण्डेले आफ्नो सरकारी युजर अकाउन्टबाट नक्कली लाइसेन्स जारी भएको गुनासो गरेपछि यातायात व्यवस्था विभागले गरेको छानबिनमा एक हजार नक्कली लाइसेन्स जारी भएको पाइएको हो ।

पाण्डेको केही समयअघि जिल्ला समन्वय समिति नवलपरासीमा सरुवा भएको थियो । छानबिनका क्रममा सक्कली लाइसेन्सको नम्बर प्रयोग गरिनुका साथै केही मृत व्यक्तिको नाम प्रयोग गरेरसमेत नक्कली लाइसेन्स बनाएको पाइएको छ ।

उनले थप अनुसन्धानका लागि आजै विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दर्ता गराएको कान्तिपुर टेलिभिजनलाई जानकारी दिए ।

पाण्डेले केही बिचौलिया र सोही कार्यालयका केही कर्मचारीले आफूलाई फसाएको समेत बताएका छन् । उनले आफूलाई सो कार्यालयमा २५ दिन मात्र काम गर्न दिइएको प्रस्ट्याए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement