ललितानिवास जग्गा हिनामिना प्रकरण : विजयकुमार गच्छदार र डम्बर श्रेष्ठलाई सफाइ

फाल्गुन ३, २०८० |कान्तिपुर टीभी संवाददाता
ललितानिवास जग्गा हिनामिना प्रकरण : विजयकुमार गच्छदार र डम्बर श्रेष्ठलाई सफाइ

काठमाडौं । विशेष अदालतले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिनासम्बन्धी मुद्दामा तत्कालीनमन्त्री विजयकुमार गच्छदार र पूर्वमन्त्री डम्बर श्रेष्ठलाई सफाइ दिएको छ ।

यो प्रकरणका मुख्य आरोपी हाटकशमशेर राणासहित १२ जनालाई भने दोषी ठहर्याएको छ । विशेष अदालतले राणासहित १२ जनालाई ९ करोड रुपैयाँ बिगो र २ वर्ष कैदको फैसला सुनाएको छ ।

विशेष अदालतको फैसला सुनाउँदै प्रवक्ता धनबहादुर कार्कीले ललितानिवास जग्गा हिनामिना प्रकरणमा ६५ जना व्यक्तिका नाममा रहेका जग्गा जफत गर्ने निर्णयसमेत भएको जनाए ।

विशेष अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुख्य योजनाकार रामप्रसाद सुवेदी र शोभाकान्त ढकाललाई पनि सजाय सुनाएको छ ।

यसैगरी अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविलाल पन्तलाई २ वर्ष कैद र जनही ८० लाख ४८ हजार जरिवानाको फैसला सुनाएको छ ।

अख्तियारले दायर गरेको यो अहिलेसम्मकै ठूलो भ्रष्टाचारको मुद्दा हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.