सशस्त्र विद्रोहको भयानक रात सम्झाउने ‘त्यो बिजुलीको पोल’

फाल्गुन १, २०८० |कान्तिपुर टीभी संवाददाता
सशस्त्र विद्रोहको भयानक रात सम्झाउने ‘त्यो बिजुलीको पोल’

म्याग्दी । तत्कालीन नेकपा माओवादीले गरेको दश वर्ष लामो सशस्त्र विद्रोहमा हजारौँको शरीरमा घाउ लाग्यो । सशस्त्र द्वन्द्वको खत मानिसमा मात्र होइन, सामाजिक संरचना र मनोदशामा पनि छन् । त्यसैको प्रमाण हो, म्याग्दी सदरमुकाम बेनीमा राखिएको बिजुलीको पोल ।

२०६० चैत ७ गते शनिबार राति माओवादीले सदरमुकाम बेनीमा आक्रमण गर्दा १९ सर्वसाधारण, १७ प्रहरी, १४ सैनिक र ९० माओवादी लडाकु मारिए । कयौँ घाइते भए । दोहोरो भिडन्तमा गोली लागेर छिया छिया बनेको बिजुलीको यो पोलले अहिले पनि त्यो भयानक रातको सम्झना दिलाउँछ ।

माओवादीले सशस्त्र विद्रोह थालेयताका २८ वर्षमा थुप्रै राजनीतिक परिवर्तन भए पनि द्वन्द्वपीडितले न्याय नपाउँदा शान्ति प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.