महानगरविरुद्ध फुटपाथ व्यवसायीको प्रदर्शन, भन्छन्- गरिखान देऊ (तस्बिरसहित)

वैकल्पिक ठाउँ दिन माग
माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
महानगरविरुद्ध फुटपाथ व्यवसायीको प्रदर्शन, भन्छन्- गरिखान देऊ (तस्बिरसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका फुटपाथ व्यवसायीहरुले आज महानगरविरुद्ध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय स्वरोजगार व्यवसायी संघ, नेपाल सडक व्यापार व्यवसायी संघ र फुटपाथ व्यापारीहरुले संयुक्त रूपमा विरोध प्रदर्शन तथा काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् ।

व्यवसायी भीमा खड्काले महानगरले वार्ताको नाटक गर्दै एकलौटी रुपमा भंग गरेको आरोप लगाइन् । उनले आफूहरुले फुटपाथ व्यवसायीलाई बाँच्न दिन आग्रह गर्दा महानगरले राति आएर आफ्ना सामान लुटेर लिएर गएको बताइन् । उनले भनिन्, ‘हामीले गरिखान पनि नपाउने ? महानगरले गरिखान देओस् ।’

त्यस्तै अर्का फुटपाथ व्यवसायी सुजन गिरीले स्वरोजगार व्यापारीहरुले गरिखान पाउनुपर्ने र उचित र वैकल्पिक ठाउँ दिनुपर्ने बताए । काठमाडौं महानगरपालिका व्यापारीको व्यवस्थापनभन्दा पनि बेरोजगार बनाउन उद्धत भएको उनको आरोप छ । उनीहरुले आफूले व्यापारका लागि महानगरले वैकल्पिक ठाउँ दिन मागसमेत गरेका छन् ।

प्रदर्शकारीहरुले स्वरोजगार श्रमको सम्मान गर्नुपर्नेलगायत नारा लगाउँदै प्रदर्शन गरेका थिए ।

हेरौं थप तस्बिर :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.