सिरहा । मिर्चैया नगरपालिकामा ढुंगामुढा भएको छ । नगरपालिकाको वडा नम्बर ३ मा सचिव पठाउने विषय विवाद भएको हो ।
नगरपालिकाले वडामा सचिव नपठाउँदा कामकाज साता बढीदेखि प्रभावित बनेको भन्दै स्थानीय बासिन्दा नगरपालिकामा आइतबार बिहान तालाबन्दी गर्न आएका थिए ।
तर, प्रहरीले तालाबन्दी गर्न नदिएपछि विवाद चर्किएको थियो । ढुंगामुढाबाट दुई प्रहरी र एक प्रदर्शनकारी घाइते भएका छन् भने नगरपालिकाको कार्यालयमा पनि क्षति पुगेको छ ।