राष्ट्रिय सभा चुनाव : कर्णालीमा सकियो मतदान

माघ ११, २०८० |देव राना
राष्ट्रिय सभा चुनाव : कर्णालीमा सकियो मतदान

सुर्खेत । राष्ट्रिय सभा सदस्य चयनका लागि कर्णालीमा मतदानमा सकिएको छ । कुल १९६ जना मतदाता रहेको कर्णालीमा शतप्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । 

मतदान सकिए पनि मतगणना भने सर्वदलीय बैठकपछि दिउँसो तीन बजे मात्र हुनेछ ।

राष्ट्रिय सभाका लागि कर्णालीबाट तीन सिटका लागि ६ जना उम्मेदवार छन् । कर्णालीमा पनि सत्ता गठबन्धनकै उम्मेदवारीहरू बलिया छन् । गठबन्धनको कुल ३ हजार ७ सात २२ मतभार छ भने नेकपा एमालेका १ हजार १ सय ९५ मतभार छ ।

४० सदस्यीय प्रदेशसभा सदस्यमध्ये गठबन्धनका कांग्रेसका १५, माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका १ जना गरी २९ जना, एमालेका १० र राप्रपाका १ जना छन् । त्यस्तै ७९ स्थानीय तह रहेको कर्णालीमा थप १ सय ५६ जना मतदाता छन् । 


Image

देव राना

राना कान्तिपुर टेलिभिजन सुर्खेतका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement