उदयपुरमा १५ दिने त्रिवेणी मेला सुरु

माघ १, २०८० |भोटराज राई
उदयपुरमा १५ दिने त्रिवेणी मेला सुरु

उदयपुर । परापूर्वकालदेखि नै उदयपुरको कटारी नगरपालिका-२ त्रिवेणीमा माघ १ गते लाग्ने त्रिवेणी मेला आजदेखि सुरु भएको छ । १५ दिनसम्म लाग्ने मेला पहाड र तराईको सङ्गम मेलाको रूपमा परिचित छ । 

कमला नदीमा मकर नुहाउने र मेलामा सोलुखुम्बु, ओखलढुङ्गाका राढिपाखी र तराईको जेरी प्रख्यात मानिन्छ ।  पहिले पहिले लेकाली कुकुर र घोडा पनि बिक्रीका लागि ल्याइन्थ्यो । 

मेला भर्न आउनेको ठूलो घुइँचो लागेको छ । स्थानीय उत्पादन, होटेल, पसलका स्टलहरू व्यस्त छन् । रोटेपिङ लगायतका बालउद्यान चलेका छन् ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।